घोराहीमा रहेको शान्ति बाल आश्रममा लायन्स पुस्तकालय स्थापना

घोराही, २३ वैशाख ।
घोराही उपमहानगरपालिका वडा नम्बर १६ पर्सामा रहेको शान्ति बाल आश्रममा लायन्स क्लब अफ घोराही सिटिले लायन्स पुस्तकालयको स्थापना गरेको छ । लायन्स क्लव अफ घोराही सिटिका अध्यक्ष पवन योगीको नेतृत्वमा शुक्रबार बाल आश्रममा पुगेको टोलीले विभिन्न सामाग्री सहयोग गरेको छ । क्लवले आश्रमलाई दुई थान स्टिल दराजका साथै पुस्तकालयमा अध्ययनका लागि पुस्तक तथा विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सहभागी लायन्स क्लवका एक्जुकेटिभ चिफ तथा पुर्व अध्यक्ष लव अधिकारी र समाज काल्याण केन्द्र दाङका अध्यक्ष निर्मला गौतमले आश्रमका दुई बालिका अनिता खड्का र अस्मिता सुनारलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो । समाजसेवी भोलानाथ योगीले सञ्चालन गर्दै आएको बाल आश्रममा अहिले ४० जना बालबालिका आश्रित रहेका छन् ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लायन्स क्लवका एक्जुकेटिभ चिफ तथा पुर्व अध्यक्ष अधिकारीले आजका बालबालिका भोली देशका कर्णधार भएको भन्दै उनिहरुमा अध्ययन गर्ने बानिको विकास गर्ने उद्देश्यले आश्रममा पुस्तकालय स्थापना गर्ने काम प्रसंशनिय भएको बताउनु भयो । समाज कल्याण केन्द्र दाङका अध्यक्ष गौतमले आश्रममा असल संस्कारमा हुर्किएका बालबालिकालाई पाठ्यक्रम बाहिरका सकारात्मक सोच विकासमा सहयोग पुराउने तथा सफल कथाहरुलाई समेटिएका पुस्तक अध्ययनले भोली असल नागरिक बन्न सहयोग पुराउने बताउनु भएको थियो ।

ब्रह्रा क्षेत्र व्यापार सेवा प्रालीका दुर्लभ केसी र दाङ निर्माण व्यवसायी संघ दाङका अध्यक्ष प्रविन भण्डारीले १÷१ थान स्टिल दराज लायन्स क्लबलाई उपलब्ध गराउनु भएको थियो । यस्तै अन्य शैक्षिक सामाग्री क्लव कार्यसमितिले जुटाएको थियो ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation