पहिराेले डाेजर च्याप्दा अपरेटरकाे ज्यान गयाे

 

मुगु : मुगुमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ७ का अन्दाजी वर्ष २४ का पवन घिमिरे रहेको प्रहरीले जनाएको छ।

 

 

मुगको गमगढी तारापानी सडक खण्डको छायानाथ रारा नगरपालिका वडा नम्बर ३ फुली गाउँनजिक बामधारा भन्ने स्थानमा सडक माथिबाट पहिरो आई डोजर छोपिँदा घिमिरेको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नम्बर ४५ गुल्म मुगुका प्रहरी नायव उपरीक्षक डम्बर रानाले जानकारी दिए।

उनका अनुसार पहिरो पन्छाएर सदरमुकाम गमगढीतर्फ आउँदै गरेको डोजर पहिरोमा पुरिएको खबर पाउनासाथ सदरमुकाममा रहेको सशस्त्र प्रहरी बल उद्धारका लागि घटनास्थलमा पुगेको थियो।

रातभरि पहिरो पन्छाउन प्रहरी लागे पनि सम्भव नभएपछि बिहान अर्को डोजरको प्रयोग गरेपछि मात्र छोपिएको डोजर निकालिएको प्रहरीले जनाएको छ। डोजरधनी सोरु गाउँपालिका वडा नं ६ का रतनबहादुर शाही रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation