लीबियामा डुंगा दुर्घटना, ६० जनाभन्दा बढीको मृत्यु

संयुक्त राष्ट्र संघीय एजेन्सी अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले लीबियाको तटीय शहर जुवाराबाट छुटेको झण्डै ८६ आप्रवासी बोकेको डुंगा दुर्घटनामा परेको जनाएको छ।

समुद्रको उच्च लहरको चपेटामा पर्दा डुंगा दुर्घटनामा परेको हो। डुंगामा सवार ६१ जना बेपत्ता भएका थिए। उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ। डुंगामा नाइजेरिया, गाम्बिया तथा अन्य अफ्रिकी देशका नागरिक रहेको आईओएमले जनाएको छ। दुर्घटनापछि जिवितै उद्धार गरिएका २५ जनालाई लीबियाको हिरासत पठाइएको छ। डुंगामा क्षमताभन्दा बढी संख्यामा यात्रुहरु राख्दा यस क्षेत्रमा दैनिकजसो दुर्घटना भइरहेका छन्।

भू-मध्ये सागर हुँदै युरोप जाने प्रयासमा रहेका आप्रवासीहरुमध्ये सन् २०२३ मा मात्रै कम्तीमा २ हजार २ सय आप्रवासीको डुंगा दुर्घटनामा मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation