रुवाण्डामा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु, ४ बेपत्ता

रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रवार साँझ डुङ्गा दुर्घटना भएको हो। किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली काटेर रवामागाना जिल्ला जाँदै गर्दा डुङ्गा पल्टिएको बताइएको छ।

डुङ्गामा ४६ जना यात्रु रहेका थिए। शनिवार बिहानसम्म ११ जनाको शव निकालिएको छ भने ३१ जनाको उद्धार गरिएको जिल्लाका मेयर रदजब म्बोन्युमुवुनीले पत्रकारहरूलाई जानकारी दिएका छन्।

अझै चार जनाको खोजी जारी छ। एमबोन्युमुवुनीले दुर्घटनाको कारण ओभरलोड भएको बताएका छन्। किसानहरू बाली स्याहारेर फर्किएकाले डुङ्गामा मकै, सिमीलगायतका कृषि उपजको भारी रहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation