हातेट्याक्टरले च्याप्दा प्युठानमा एक किसानको मृत्यु

१३ फागुन, प्युठान

मल्लरानी गाउँपालिका वडा नं. २ वान्नामा हातेट्याक्टरले च्यापेर एक किसानको मृत्यु भएको छ ।

बारीको एउटा काल्नो बाट अर्को काल्नोमा लाने क्रममा ट्याक्टर पल्टिएर च्याप्दा ५४ वर्षीय धन बहादुर घर्तिको मृत्यु भएको हो। खुट्टामा गहिरो चोट लागेर घाइते भएका घर्तिलाइ उपचारका लागि प्युठान अस्पताल लैजाँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमा मृत्यु भएको हो । शवलाइ अहिले जिल्ला अस्पताल प्युठानमा राखिएको छ ।

पोस्टमार्टमका लागि आवश्यक कानुनी प्रक्रिया भैरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation