बाँकेमा चोरको कुटपिटबाट एकजनाको मृत्यु, एक गम्भीर

२४ फागुन, नेपालगन्ज 

बाँकेमा चोरी गर्ने उद्देश्यले घरमा पसेका चोरहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेको नजिकै रहेको जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्ती निवासी सन्तोष थारुको घरमा बुधवार राति करिब १ बजे पाँच सात जनाको समूहमा चोरी गर्ने उद्देश्यले छिरेकाहरूले कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको बाँके प्रहरिले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सो घटनामा परि घाइते भएकी मृतक थारुकी श्रीमती सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको छ।

लुटेराहरूले लुट्न खोज्दा थारु परिवारले प्रतिकार गरेको हुँदा धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथि आक्रमण र कुटपिट गरिएको सबिताकी बहिनी  बसन्ती चौधरीले बताइन्।

प्रहरी नायब निरीक्षक जय बहादुर थारुको कमान्डमा खटिएको प्रहरी टोलीले लुटेराहरूको खोज तलास गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

चोरहरूले थारु परिवारलाई कुटपिट गरेर घाइते बनाई उहाँको घरबाट दुई वटा कानको झुम्का, एउटा नाकको फुली, दुई वटा मोबाइल र करिब ४० हजार नगद लुटेर फरार भएको पनि प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयबाट ३ किलोमिटरको दुरीमा यस्तो लुटपाट र हत्याको घटना भएकोले स्थानीयले सुरक्षा व्यवस्था प्रति प्रश्न उठाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation