सीमाको विषयलाई लिएर चीन र भारतबीच पुनः मनमुटाव शुरु

चीनले लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीलाई लिएर भारतले थप तनाब बढाउने काम गरेको आरोप लगाएको छ ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले आफूहरू शान्ति स्थापनाका लागि प्रयासरत रहे पनि भारतीय कदमले अवरोध गरिरहेको दाबी गरे।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतले एलएसीमा ठूलो संख्यामा सेना परिचालन गरेको छ । यसअघि बिहीबार मात्रै भारतीय विदेशमन्त्री एस. जयशंकरले सीमा विवादलाई लिएर चीनमाथि आरोप लगाएका थिए। जापान भ्रमणका क्रममा उनले चीनले लिखित सम्झौता उल्लंघन गर्ने गरेको बताएका थिए।

उनले सन् १९७५ देखि २०२० सम्म सीमा क्षेत्रमा शान्तिपूर्ण अवस्था रहेकोमा चीनले त्यसयता लिखित सम्झौता उल्लंघन गरिरहेको आरोप लगाएका थिए। सन् २०२० मा गलवान घाँटीमा चीन र भारतका सेनाबीच निशस्त्र रुपमा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation