आजको मौसम : यी प्रदेशमा सामान्य वर्षा र हिमपात सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम मुख्यतया सफा छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा सामान्य वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation