साहित्यकार परशु प्रधानको निधन

६ चैत, काठमाडौं 

साहित्यकार परशु प्रधानको निधन भएको छ।

८० वर्षीय प्रधानको गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको छोरा  प्रतीक प्रधानले जानकारी दिए। प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।

प्रधानको  बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। २००० सालमा भोजपुरमा जन्मिएका  प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए।

प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए। २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation