हाइटेन्सनको तार चुँडिएर करेन्ट लाग्दा २ जनाको मृत्यु, एक घाइते

मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युत्‌को तार चुँडिएर करेन्ट लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै करेन्टबाट ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएको र उनलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation