ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय जयबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जनाकारी दिए।

आज बिहान रा १ ख ३२१७ नम्वरको मिनि ट्रकले मृतक गिरी सवार रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको स्थानीयको भनाइ छ।

प्रहरीले ट्रक  चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ७ निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनास्थलमा रहेका आक्रोशित स्थानीयहरुले ट्रक तोडफोड गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation