गिरिबन्धु टि-स्टेटबारे बालेनलाई सोध्नुस् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि-स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन्।

सोमवार संसद्‌ भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सञ्चारकर्मीको गिरिबन्धु टि-स्टेटबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै काठमाडौँका मेयर बालेन शाहलाई सोध्न आग्रह गरे। उक्त प्रश्नमा अध्यक्ष ओलीले संक्षिप्त जवाफ दिए, ‘बालेनलाई सोध्नुस्।’

मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरिबन्धु टि-स्टेटको घोटाला लुकाउन, १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउन भनेका थिए।

सोमवार मेयर शाहले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुल्याउन सम्पूर्ण राज्य शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथलाई फेरि सडक बनाउन लागेको आरोप पनि लगाएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation