महिला एसिया कप क्रिकेटमा आज नेपाल र युएई भिड्दै

महिला एसिया कप क्रिकेटमा आज नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ।

श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोली युएइको महिला टोलीको सामना गर्नेछ। यो खेल आज दिउँसो सवा २ बजे शुरु हुने तालिका छ।

महिला एसिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ।

यसअघि सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको नेपालले आठ वर्षपछि पुनः अहिले प्रतियोगिता खेल्न लागेको हो।

एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन्।

सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ।

एसिया कप क्रिकेट प्रतियोगिता अघि नेपाली टोलीले श्रीलंकाको श्रीलङ्का डेभलपमेन्टसंग तीन खेलको अभ्यास खेल खेलेको थियो। जसमा नेपाल २–१ ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation