महिला एसिया कपमा आज नेपालले भारतकाे सामना गर्दै

८ साउन, काठमाडौं

एसीसी महिला टी-२० एसिया कप क्रिकेटमा आज नेपालले भारतको समना गर्दै छ । समूह चरणको अन्तिम खेलमा आज नेपालले बलियो प्रतिद्वन्दी भारत संग खेल्न लागेको हो।

साँझ ७:१५ बजे श्रीलंकाको डम्बुला मैदानमा सुरु हुने खेलमा भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहान्छ भने नेपाल अघिल्लो चरणमा प्रवेश गर्नका लागि भारत बिरुद्ध जिन निकाल्नै पर्ने दबाबमा छ।

नेपालले पहिलाे खेलमा यूएईमाथी ६ विकेटकाे जित निकालेकाे थियाे भने दाेस्राे खेलमा पाकिस्थानसँग ९ विकेटले पराजित भएकाे थियाे ।

समूह चरणकाे दुई खेल सकिँँदा समूह (ए)काे भारत ४ अंक सहित शीर्स स्थानमा छ। नेपाल र पाकिस्थान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटकाे आधारमा दाेस्राे र तेस्रा स्थानमा छन्। याे समूहकाे यूएईले भने खाता खाेल्न सकेकाे छैन्।

नेपाली महिला एसिया टाेलिकाे कप्तानी इन्दु बर्माले गरेकी छन्। पूर्व कप्तान रूविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दु रावत, कविता कुँवर, पूजा महत्व, कविता जाेशी, सम्झना खड्का, काजाेल स्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चाैधरी, कृतिका मरासिनी, राेमा थापा र डली भट्ट टिममा समावेश छन्।

आजै हुने अरकाे खेलमा यूएईले पाकिस्तानकाे सामना गर्नेछ्। याे खेल दिउँसो २:१५ बजे सुरु हुनेछ्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation