प्रभु बैंकको शाखा प्युठानको बिजुवारमा

प्रभु बैंक लिमिटेडले प्युठानस्थित बिजुवारमा आफ्नो ३१५ औं शाखा खोली सेवा सञ्चालनमा ल्याएको छ। बिहीबारदेखि सञ्चालनमा आएको बैंकको जिल्ला समन्वय समिति प्रमुख श्री धरम बहादुर जीसी ले बैंकको नयाँ शाखाको उद्घाटन गरे।

प्रभु बैंक लि.ले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ।

प्रभु बैंक लि.को यो अभियानले देशभर नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ।

बैंकको बिजुवार शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation