सिन्धुपाल्चोकमा भूकम्पको धक्का

१८ भदौ, काठमाडौं 

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ।

सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ‘यो ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पकै परकम्प हो’ ।

गोरखा भूकम्पपछि हजारौँ परकम्प गइसकेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation