रुसमाथि युरोपेली संघको प्रतिबन्ध !

युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली संघले मंगलबार रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको बैठकमा युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालिएको हो।

नयाँ प्रतिबन्ध अन्तर्गत झण्डै २०० वटा रुसी तेल ढुवानी गर्ने पानीजहाजलाई प्रतिबन्धको दायरामा ल्याइएको छ। यी पानीजहाजले पश्चिमी देशहरूले लगाएका तेलसम्बन्धी प्रतिबन्ध उल्लंघन गर्दै अन्तर्राष्ट्रिय बजारमा रुसको तेल बिक्री गरिरहेको आरोप छ।

‘यदि रुसले बिना शर्त युद्धविराममा सहमति जनाएन भने, वाशिङ्टन (अमेरिका) ले पनि त्यसको परिणाम भोग्नुपर्ने हुन सक्छ’, युरोपेली संघकी परराष्ट्र नीति प्रमुख काया कालासले बैठकपछि भनिन्, ‘रुसी राष्ट्रपति पुटिनले शान्तिप्रति चासो देखाए तापनि तिनलाई समर्थन गर्ने पक्षहरूलाई गम्भीर परिणाम भोग्नुपर्नेछ ।

यो १७ औँ प्रतिबन्ध चरण अघिल्लो प्रतिबन्धपछि तीन महिनादेखि तयार पारिँदै आएको थियो। हालको युद्धविराम वार्ता ढिलाइसँग यसको प्रत्यक्ष सम्बन्ध नरहे पनि रुसमाथि दबाब दिनका लागि प्रभावकारी उपायका रूपमा लागू गरिएको हो।

कालासका अनुसार युरोपेली सं‌घले अर्को नयाँ प्रतिबन्ध प्रस्तावमा पनि काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation