यी ४ कम्पनी कालोसूचीमा !

२३ असार, काठमाडौं

सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज सूचना जारी गरेर दिएको जानकारी अनुसार लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रालि, राधेश्याम झा मुख्य व्यक्ति भएको धनुषाको शिवम् कन्स्ट्रक्सन, रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति भएको काठमाडौंको डि.जी. इगल कन्स्ट्रक्सन र मुन्नी कुमारी मेहता मुख्य व्यक्ति भएको सुनसरीको थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स कालोसूचीमा परेका हुन् ।

यी चारवटै कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । काम सन्तोषजनक नभएका कारण कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

ग्रीन लिफ प्रालिलाई सुनसरीको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिठानले र शिवम् कन्स्ट्रक्सनलाई महोत्तरीको गौशाला नगरपालिकाको कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।

यसैगरी रौतहटको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा डी.जी. इगल कन्स्ट्रक्सन र शहरी विकास तथा भवन कार्यालय विराटनगरको सिफारिसमा थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स कालोसूचीमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation