सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरीको आरोपमा २ जना पक्राउ

२३ साउन, काठमाडौं

सफ्टवेयर कम्पनीको सोर्स कोड चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ छन् । उनीहरुलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

बौद्धिक सम्पत्तिमा आघात पुर्‍याउने उदेश्यले उनीहरुले सोर्स कोड चोरी पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।

उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation