प्रचण्ड भन्छन् : सक्कली जेनजीसँग सहकार्य गरेर नक्कलीलाई एक्सपोज गरौं

२४ असोज, काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरू सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शुक्रबार राजधानीमा सम्पादकहरूसँग छलफल गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय नै भएको र नेपालको आन्दोलनमा पनि देशी विदेशी शक्तिहरू सक्रिय भएको अनुभव आफूले गरेको बताए ।

‘जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय भयो । विभिन्न देशमा चल्दै छ,’ उनले भने, ‘एक भारतीय बौद्धिकले जेनजी आन्दोलन चटपटे हो भने । राजावादीदेखि देशी विदेशीसमेत छन् । मलाई पनि त्यस्तै लाग्यो ।’

उनले २३ गतेको प्रदर्शनमा आन्तरिक र २४ गतेको प्रदर्शनमा बाह्य पक्षको मुख्य भूमिका रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation