माओवादीका तत्कालीन सचिव गणेश साहले छाडे पार्टी

३० असोज, काठमाडौं

नेकपा माओवादी केन्द्रका तत्कालीन सचिव गणेश साहले माओवादी पार्टी छाडेको घोषणा गरेका छन्।

हिमालय टेलिभिनजनको एक कार्यक्रममा बोल्दै उनले आफूले पार्टी छाडेको घोषणा गरेका हुन्। उनले माओवादी पार्टीले जनअपेक्षा अनुसार काम नगरेको भन्दै पार्टी छाडेको घोषणा गरेका हुन्।

उनले अब कुनै पार्टीमा नलाग्ने भन्दै सामाजिक कार्यमा लाग्ने बताए। माओवादीले पदाधिकारी र केन्द्रीय कमिटी विघटन गर्दै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

उनले कम्युनिष्ट पार्टीमा सत्ता लिप्सा बढेको र अब सुध्रिन पनि सुझाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation