एसीसी यू- १९ पुप्रिमियर कप: सेमिफाइनलमा आज मलेसियासँग भिड्दै नेपाल

१३ मंसिर, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू- १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्दैछ। खेल अजमान मैदानमा शनिबार बिहान ९ बजे शुरु हुनेछ।

नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन्। समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो।

नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङकङलाई ११९ रनले हराएको थियो।

१४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू- १९ एसिया कपमा छनोट हुने जनाएको  छ।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुवै  टोली सिधै आगामी एसीसी यू-१९ एसिया कपमा छनोट हुनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ।

यू-१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation