एनपीएल : विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

२५ मंसिर, काठमाडौँ

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को सिजन दुईको फाइनलमा प्रवेश गरेको छ।

आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो। लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३४ रन बनायो। १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो।

विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए। यस्तै नरेन भट्टले २१ रन बनाए। बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले तीन, रुबेन ट्रम्पलम्यान, अभिषेश गौतम र जेजे स्मिथले दुई दुई विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ४५ रनको योगदान दिएका थिए। उनले ४१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए। त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए।

यस्तै निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन जोडे। रुबेल ट्रम्पलम्यानले अविजित ११ रन बनाए। बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशित जिसीले समान तीन/तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए।

एनपिएलको फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation