मकवानपुरका २ क्षेत्रमा १५ स्वतन्त्रसहित ४४ को उम्मेदवारी

 

६ माघ, हेटौंडा

मकवानपुरको दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका लागि ४४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जसमा १५ स्वतन्त्र उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

हेटौंडा उपमहानगरपालिका–१० स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज ५ बजेसम्म प्रतिनिधिसभा क्षेत्र नम्बर–१ र २ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, नेमकिपा, रास्वपा, जसपा, उज्यालो नेपाल पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी), श्रम संस्कृति पार्टी, संयुक्त नागरिक पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेशनल रिपब्लिक नेपाल, आम जनता पार्टी र मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेदवारी दर्ता भएको हो ।

१ नम्बर क्षेत्रमा कुल २३ जनाले उम्मेदवारी दिएकोमा १३ जना दलीय र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस्तै, २ नम्बर क्षेत्रमा कुल २१ जना उम्मेदवारमध्ये १६ दलीय र ५ स्वतन्त्र उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

१ नम्बर क्षेत्रमा कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम, राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, रास्वपाबाट प्रकाश गौतम, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ महर्जन, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, नेमकिपाबाट रञ्जना सुवाल, नेकपा (माओवादी)बाट महेश नेपालीको उम्मेदवारी परेको छ ।

यसैगरी, जसपाबाट रुपक लामा, एकल निर्वाचन चिह्नसहित जनता समाजवादी पार्टीबाट दीपक सिलवाल, नेशनल मंगोल अर्गनाइजेशनबाट युवराज स्याङतानले उम्मेदवारी दिएका हन् ।

अमर दंगाल, अमिक परिवार, टिकाप्रसाद चौंलागाईं, प्रमिलाकुमारी खतिवडा, मठु पुलामी मगर, राकेशकुमार शर्मा, राजकुमार खड्का, राजाराम बोगटी, शिला सुवेदी र ज्ञानसागर लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट कांग्रेसका बुद्ध लामा, एमालेका महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्ट, राप्रपाका रामबहादुर थोकर, श्रम संस्कृति पार्टीका युनिश लामा स्याङतान, रास्वपाका प्रशान्त उप्रेतीले उम्मेदवारी दिएका छन् ।

उज्यालो पार्टी नेपालबाट प्रविणकुमार स्याङतान, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, नेशनल मंगोल अर्गनाइजेशनबाट हिरालाल स्याङतान, नेमकिपाबाट सरोज तामाङ, नेकपा (माओवादी)बाट राम घलान ‘वाटर’ तथा संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, आम जनता पार्टीबाट सूर्य राई र जनता समाजवादीबाट छविलाल वाइवाले एकल चनाव चिह्न लिएर उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रबाट अमृत वल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानियाँ, रमेश आचार्य र सितामाया वलले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation