जाँचबुझ आयोगको म्याद चुनावपछिसम्म थप्नु गलत : प्रचण्ड

१५ फागुन, काठमाडौं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद पटक-पटक थप्नु गलत भएको बताएका छन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयोजक प्रचण्डले दोषी ठहर भएर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा आयोगको म्याद चुनावपछिसम्मलाई थपिएकोमा आपत्ति जनाए।

‘आयोगको प्रतिवेदन समयमा नै आउनुपर्थ्यो। एकपटक सार्‍यो– त्यो मान्न सकिने कुरा हो, गर्दागर्दै भ्याइएन होला। दुईपटक पनि मोटामोटी त्यस्तै पर्‍यो कि भन्न सकिन्छ। तर, तीनपटक र लास्टमा चुनावपछि भन्ने कुरा गलत भएको छ। दोषी ठहर भएर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्थ्यो जोसुकै भए पनि,’ उनले भने।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation