जसपा नेपाल सिरहका उम्मेदवार यादव पक्राउ

जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा–३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्।

प्रतिनिधिसभा निर्वातको मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन्। प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडी मध्यरातमा पक्राउ गरिकएको हो।

प्रहरीको चेक जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation