प्रतिलिपि अधिकारको नाममा रेडियो सञ्चालकमाथि धरपकड, सञ्चार क्षेत्र आक्रोशित

२७ वैशाख, काठमाडौँ

प्रतिलिपि अधिकारको बहानामा रेडियो सञ्चालकहरूमाथि अनावश्यकरूपमा धरपकड गरेको र फौजदारी अभियोग लगाइएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन्।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले ललितपुरमा आकस्मिक संयुक्त भेला गरी राज्यको ध्यानाकर्षण गरेका हुन्।

भक्तपुर एफएमका सञ्चालकमाथि संगीत रोयल्टी संकलन समाजको नाममा फौजदारी अभियोग लगाएर गरिएको धरपकडको घटनालाई संगठनहरूले ‘नियोजित सन्त्रास’ को संज्ञा दिएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation