लघुवित्त पीडित र सरकारबीच आज पनि वार्ता

लघुवित्त वित्तीय संस्था पीडितसँग सरकारले शुक्रबार पनि वार्ता गर्दैछ। बिहीबारको छलफल सकारात्मक भएको र शुक्रबारको वार्ताले निष्कर्ष निकाल्ने अर्थ मन्त्रालयले जनाएको छ।

बिहीबार साँझ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितसँग छलफल गरेको थियो।

पीडितका माग सम्बोधनका लागि राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफलपछि दुवै पक्ष सहमतिनजिक पुगेको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ।

समितिले बिहीबार नै सहमतिका लागि प्रयास गरे पनि लघुवित्त पीडितले शुक्रबारसम्मको समय मागेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation