चितवनमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा एकजनाको मृत्यु

चितवन–नारायणगढ मुग्लिन सडकको जलबिरेमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दासको भएको जिल्ला प्रहरी कार्यालय चितवनका  प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए।

उनी रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेका थिए।  ग १ ख ८५२४ नम्बरको उक्त बस इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सडक किनारमा  रोकिराखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग ठोक्किएको चितवन प्रहरीले जनाएको छ।

अन्य चारजना घाइते छन्। तीनजनाको अवस्था मध्यम र एकजना सामान्य छन्। प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation