धारिलो हतियार (खन्ती) प्रहार गरी साथीको हत्या  

८ चैत, बिर्तामोड 

झापाको पृथ्वीनगरमा धारिलो हतियार (खन्ती) प्रहार गरी साथीको हत्या भएको छ।

साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो। सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय कमान सिंह राईले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

कमान र सनम साथी हुन् । कमान गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुन्डीराज गिरीले जनाकारी दिए।

हत्या गर्ने कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation