खोटाङमा ट्याक्टरले किचेर एकजनाको मृत्यु

ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेल रहेको खोटाङ प्रहरीले जनाएको छ।

दुधकोशीबाट बालुवा लिएर आउँदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा मलामी गएर फर्किएका पोखरेल पनि चढेका थिए। सुरुमा अगाडिको भागमा चढेका पोखरेल बीच बाटोबाट ट्याक्टरको पछाडिको डालामा चढेका थिए। पोखरेलको घर नजिक पुगेर झर्ने क्रममा उनलाई ट्याक्टरले किचेको ज्यामिरेका वडाध्यक्ष सुनिल राईले बताए।

बुधबार दिउँसो ३ बजे ट्याक्टरले किचेर घाइते भएका पोखरेललाई उपचारका लागि एम्बुलेन्समा ऐसेलुखर्क प्राथमिक उपचार केन्द्र लगिएको थियो। अस्पताल पुगेको केही समयपछि पोखरेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ।

ट्याक्टरका चालक रावा बेसी गाउँपालिका–१ कुभिण्डेका प्रकाश बिशंखे र सहचालक ज्यामिरेका पेसल राई पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation