थाइल्याण्डमा अलपत्र १३ नेपालीहरुलाई उद्धार गरी नेपाल ल्याइयो

थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।

थाइल्याण्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जनाको उद्धार गरी नेपाल पठाएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले जनाएको हो। शुक्रबार विज्ञप्ति जारी गरी दूतावासले थाइ परराष्ट्र मन्त्रालय र त्यहाँको इमिग्रेसन ब्यूरोको सहयोगमा नेपालीको उद्धार गरेको जनाएको छ ।

शुक्रबार नै सीमा क्षेत्रबाट ती नेपालीको उद्धार गरेर थाइल्याण्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाइयात्रा मार्फत बैंकक हुँदै नेपाल एअरलाइन्सको जहाजबाट नेपाल पठाएको बैंककस्थित दूतावासले जनाएको छ।

‘१३ नेपाली नागरिकहरुलाई मिति २०८०।१२।९ का दिन राजदूतावासले थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाई थाइ–म्यान्मार सीमा पार गराई थाइल्यान्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाइ यात्रामार्फत बैंकक हुँदै आजै नेपाल एयरलाइन्सको उडान नं RA 402 बाट काठमाडौं पठाइएको छ’,  नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation