कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्री भोजपुरका ५२ वर्षीय जय बहादुर राईको मृत्यु भएको छ।

धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिँदा घाइते भएका भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई इटहरी-२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation