मोटरसाइकलको ठक्कर बाट साइकलयात्रीको मृत्यु

११ बैशाख, काठमाडौं  

चितवनमा  मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-११ गणेशस्थानका ६० वर्षीय कुमार गुरुङको मृत्यु भएको हो।

सोमबार साँझ भरतपुर महानगरपालिका-३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुरुङको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका-३ का ३३ वर्षीय सुदर्शन अधिकारी र मोटरसाइकल पछाडि सवार भरतपुर-९ वसन्तचोकका ४९ वर्षीय सन्तोष बुर्लाकोटी घाइते छन्। दुवैको उपचार चितवन मेडिकल कलेजमा  भइरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation