आईपीएल: वर्षाले खेल रद्द, प्रतियोगिताबाट बाहिरियो गुजरात

आईपीएल क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ।

गुजराजको नरेन्द्र मोदी स्टेडियममा हुने तय भएको खेलमा लगातारको वर्षा भएपछि टस नै हुन सकेन।

खेल रद्द भएपछि दुई टोलीले समान एक एक अंक बाँडेका छन्। यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको छ।लगातार दुई सिजन फाइनलमा पुगेको टोली यसपटक भने प्लेअफसम्म पनि पुग्न सकेन।

गुजरातको १३ खेलमा ११ अंक रहेको छ। उता कोलकता भने शीर्ष दुईमा रहेर प्लेअफ पुग्ने पक्का भएको छ। १३ खेलमा १९ अंक भएको कोलकता शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायरमा फाइनल प्रवेशका लागि भिड्ने छ।

आईपीएलमा आज  दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स भिड्ने छन्। दिल्लीको १३ खेलमा १२ अंक रहेको छ भने लखनउको १२ खेलमा १२ अंक रहेको छ। दुवै टोलीको प्लेअफ सम्भावना कायमै रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation