उपसभामुखकाे लागि सत्तागठबन्धनबाट पुष्पा भुषाल र एमालेबाट विद्या भट्टराई मैदानमा

शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुखका लागि हुने चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्।

सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भट्टराईलाई उम्मेदवार बनाउने कुरा भर्खर टुंगिएको जानकारी दिए।

भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की-२ बाट निर्वाचित भएकी थिइन्।कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी छन्।
भट्टराईले केहीबेरमा उम्मेदवारी दर्ता गर्दै छिन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation