अनाधिकृत संरचना हटाउने अभियान महानगरपालिकाकाे हाे : उपमेयर डङ्गाेल

काठमाडौ १२ ।

काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताउनु भएको छ। आज सामाजिक सञ्जामार्फत डङ्गोलले महानगरको अभियानमा  आफ्नो साथ, सहयोग र समर्थन रहेको बताउनु भएको हो ।

उहाँले काठमाण्डौ महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति सजग र सचेत रहेको पनि स्मरण गराउनु भएको छ ।

उहाँले लेख्नुभएकाे छ ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएर पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाण्डौ महानगरपालिकाले निरन्तरता दिँदै आएको विदितै छ ।’

‘अनधिकृत यस्ता संरचना हटाउने अभियान काठमाण्डौ महानगरपालिकाको हो । म काठमाण्डौ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले काठमाण्डौ महानगरपालिकाको यो अभियानमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’उहाँले लेख्भुएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation