महिला फुटबल: कप्तान सावित्रा भण्डारी (साम्बा) सम्मानित

९ साउन, लमजुङ

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन्।

गृह पालिका मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा बिहीबार आयोजित सम्मान तथा मर्स्याङ्दी गाउँपालिका अण्डर–१९ फुटबल खेलाडीसँग अन्तरक्रियामा मस्र्याङ्दी गाउँपालिकाले साम्बालाई सम्मान गरेको हो। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले दोसल्ला ओढाएर सम्मान गरे।

उनले साम्बा जस्तै खेलाडी उत्पादन गर्न र खेलकुद क्षेत्रलाई माथि उकास्न गाउँपालिका लागेको भनाइ छ।

पालिकामा सम्मानित हुन पाउँदा खुसी लागेको फुटबल खेलाडी भण्डारीले बताउनुभयो । यस्ता सम्मानले अझै राम्रो र निरन्तर खेल्न पे्ररणा मिल्ने उनको भनाइ छ। गाउँपालिकाले भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरणसमेत गरिसकेको छ।

नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित साबित्रा महिला फुटबल खेलाडीमा आफूलाई स्थापित गर्दै अघि बढेकी छन्। भण्डारीले आगामी दुई सिजनका लागि न्यूजील्याण्डस्थित वेलिङटन फोनिक्ससँग सम्झौता गर्दै अस्टेलियामाको निन्जा ए लिग खेल्ने छन्।

यसअघि उनी युरोपको फ्रेण्च क्लब एन अभेन्ट गुइनगाम्पमा आबद्ध भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation