नेपाल पत्रकारमहासंघ प्यूठानले रक्तदान गरी मनायो २४ औं स्थापना दिवस

२१ असोज, प्युठान

नेपाल पत्रकार महासंघ प्यूठानले २४ औ स्थापना दिवस मनाएको छ । संघले स्थापना दिवसको अवसरमा रक्तदानसँगै मर्यादित पत्रकारीताका लागि पत्रकार महासंघको भुमिका विषयक अन्तरकृया गरेको हो ।

दिवसको आवसरमा रक्तदान गर्ने पत्रकारहरु नेपाल पत्रकार महासं प्यूठानका अध्यक्ष श्रीराम भण्डारी, कार्यसमिति सदस्य मधुसुधन पोख्रेल, प्रेस युनियन प्यूठानका अध्यक्ष मदुसुदन भण्डारी, प्रेस सेन्टरका अध्यक्ष यादव पौडेल युवा समाजसेवी मुक्ति प्रसाद सर्मा लगाएतले रक्तदान गरेका थिए । जिल्लामा रगत अभाव हुन नदिन महासंघले दिवसको अवसर पारि रक्तदान कार्यक्रम गरेको अध्यक्ष श्रीराम भण्डारीको भनाई छ ।

२०५८ साल मा स्थापना भएको संघको गरिमा बचाउन विभिन्न संघ संगठन,पुर्व अध्यक्ष, विभिन्न संचार माध्ययमका सम्पादतको उपस्थीतीमा अन्तकृया समेत गरीएको थियो । पछिल्लो समय डिजिटल मिडिया लगाएत सामाजिक संजालले पत्रकारहरुलाई चौनौति दिएको भन्दै पत्रकारहरु आचार सहिंतामा रहेर मर्यादित बन्नु पर्ने बोल्ने बक्ताहरुको भनाई थियो । कार्यक्रममा प्रदेश सभाका सदस्य तुल्सीराम शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पुर्व अध्यक्ष संजय रिजाल,गिरु प्रसाद भण्डारी , महासंघका पाददीकारीहरु कार्यसमिति सदस्यहरु, संचारकर्मी लगाएतको उपस्थीति रहको थियो ।

साथै दिवसको अवसरमा पत्रकार महासंघका सदस्यहरु, संचार कर्मीहरुका लागि विजुवारमा रहेको निमतारा पोलिकिल्नीमा चेकजाँचमा २० प्रतिशत छुट संगै ओपिटि सेवामा निशुल्क उपचार सेवाका लागि महासं संग साजेदारी भएको नेपाल पत्रकार महासंघ प्यूठानका सचिव बासुदेव गिरीले बताएका छन । पत्रकारहरुले उपाचार सेवा लिन जादा महासंघ संग समन्वय गरेर निमतारामा सेवा लिन सकिने गिरिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation