मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

 

३१ असोज, काठमाडौं

मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० निर्णय सार्वजनिक गरे।

मन्त्रिपरिषद्ले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने र न्याय सेवाका दुई सचिवको सरुवा गर्ने लगायतका निर्णय भएको छ।

मन्त्रिपरिषद्ले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation