दाङमा वादी समुदायको सामाजिक तथा सांस्कृतिक विषयक प्राज्ञिक गोष्ठी सम्पन्न

 

४ माघ, दाङ

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना र राप्ती साहित्य परिषद् दाङ सहआयोजनामा घोराहीमा “दाङमा वादी समुदायको सामाजिक, सांस्कृतिक अवस्था र रूपान्तरणका चुनौती” विषयक प्राज्ञिक गोष्ठीमा वादी समुदायले भोग्नु परेको समस्या र अबको निकासबारे छलफल गरिएको थियो ।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठान सामाजिक शास्त्र विभाग प्रमुख प्रा. डा. कौशिला रिसालको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का पूर्व केन्द्रीय अध्यक्ष पुरुषोतम खनालको विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अध्ययनकर्ता जनक विकले वादी समुदायले यौन व्यवसाय अपनाए‌को नभएर यौन उत्पीडनमा पारिएको उल्लेख गरेका थिए । जसका कारण वादी समुदायको सामाजिक आर्थिक र शैक्षिक उन्नति हुन नसकेको उल्लेख गरे। कार्यपत्रमाथि टिप्पणी गर्दै वादी समुदायका अगुवा निर्मल वादीले वादी समुदायको उत्थानका लागि उनीहरूको समाजमा पुनःस्थापना र उनीहरूको प्रवर्धनमा स्थानीयदेखि केन्द्र सरकार र सरोकारबाला पक्षले ध्यान दिनुपर्ने बताए।

राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटा, नेपाल पत्रकार सङ्घ केन्द्रका सचिव सविन प्रियासन, सिस्नोपानी नेपाल दाङका अध्यक्ष लोकराज पराजुली, वादी समुदायकी जनप्रतिनिधि सितारा नेपालीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation