उम्मेदवारले एउटै प्रकृतिका दुई खाता खोल्न सक्ने

 

१२ माघ, काठमाडौं

निर्वाचन प्रयोजनका लागि एक उम्मेदवारले एकै प्रकृतिका दुई खाता खोल्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका लागि यस्तो सुविधाको व्यवस्था गरेको हो ।

निर्वाचन आयोग नेपालको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले उम्मेदवारको खाता खोल्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । तर, यस्तो खाता आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ ।

प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा आमनिर्वाचन अभियान समूहमा नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) को छुट्टै एउटा बैंक खाता खोली कारोबार सञ्चालन गर्नुपर्छ ।

सोही प्रयोजनका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई एकै प्रकृतिको दुइटा खाता खोल्न सहजीकरण गरिदिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन २०८२ को निर्देशन नम्बर २१ को बुँदा नम्बर ४५ मा रहेको बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिका नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न पाइने छैन भन्ने व्यवस्थामा निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गरिएको समेत केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation