पदीय दुरुपयोग प्रकरणः अध्यक्षको स्पष्टिकरणले उब्जिएका ४ गल्ती

२३ वैशाख, प्युठान

नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष तथा लुप्लुङ माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष श्रीराम भण्डारीले विद्यालयको नाममा पदको दुरुपयोग गरी बाग्दु्लाको नितेश अर्डर एण्ड सप्लायर्सबाट झण्डै दुई लाखको सामान लिएर आफ्नो घरमा प्रयोग गरेको र सो घटना ५ महिनासम्म पनि विद्यालय प्रशासनमा जानकारी नआएको विषय प्राणमञ्च अनलाइनबाट सार्वजनिक भएसँगै समाचार प्रकाशन भएको ३ दिनपछि एक स्टाटस लेख्दै औपचारिक स्पष्टीकरण सार्वजनिक गरेका छन् । तर, उक्त स्पष्टीकरणसँगै सम्बन्धित प्रकरणमा थप गम्भीर प्रश्नहरू उठ्दै गएको देखिएको छ ।

भण्डारीले सार्वजनिक गरेको वक्तव्यमा विद्यालयका लागि खरिद गरिएको सामग्री र व्यक्तिगत प्रयोजनका सामग्रीबीच “गलत बुझाइ” मात्र भएको दाबी गरेपनि तथ्यहरुले उनले गम्भीर गल्ती गरेको स्पष्ट पार्दछ ।

भण्डारीका अनुसार विद्यालयका लागि रंगरोगन सामग्री अर्डर गर्ने क्रममा व्यक्तिगत सामग्री पनि सोही दिन अर्डर भएको र विक्रेताले मानवीय त्रुटिका कारण विद्यालयकै नाममा बिल जारी गरेको बताए पनि विद्यालयमा भदौ महिनामा १३८२९ रुपैयाँको पेन्टका सामान खरिद गरेका र त्यसपछि कुनै सामान खरिद गरेको देखिंदैन, जबकी श्रीराम भण्डारीले कार्तिक र मंसिर महिनामा आफू विद्यालयको उपभोक्ता समितिको अध्यक्ष नै भएको दावी गर्दै विद्यालयको नाममा रकम चढाएर ७ वटा विल विद्यालयको खातामा रकम चढाई विद्यालयकै नाममा भ्याट विल कटाएर सामान लगेको र बचेखुचेको सामान दुइपटक सप्लायर्सलाई फिर्ता समेत गरेकाे देखिन्छ ।

उनले विद्यालयले उक्त सामग्रीको कुनै भुक्तानी नगरेको र सम्बन्धित रकम आफूले व्यक्तिगत रूपमा तिर्ने सहमति भइसकेको उल्लेख गरेका छन् तर नितेश अर्डर सप्लायर्सले विद्यालयको नाममा एक निवेदन लेख्दै श्रीरामले लगेको रकम कसरी असुल्ने हो भन्ने जवावको माग गर्दै लुप्लङ माध्यमिक विलयलयको नाममा उनी उपभोक्ता समितिको अध्यक्ष भएकोले सामान दिएको विषय खुलाएको छ ।

उनले २–३ दिनभित्र रकम भुक्तानी गरिने जानकारी दिँदै ढिलाइ हुनुको कारण पारिवारिक शोक तथा आफन्तको स्वास्थ्य समस्यालाई बताएका छन् । साथै, आफू विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा समर्पित रहेको, आफ्नै सन्तानसमेत सोही विद्यालयमा अध्ययनरत रहेको र कुनै नियतवश आर्थिक अपचलन गर्नु अस्वीकार्य हुने दाबी गरेका छन् । यद्यपि विद्यालयको आधिकारिक निर्णय र खरिद आदेश विपरित किन श्रीरामले सामान माग गरे र सप्लायर्सले किन सामान दियो भन्ने गम्भीर प्रश्न रहेको छ । हामीले याे समाचार तयार गर्दै गर्दा साे घटनाको विषयमा विद्यालय परिवारले पनि तीन दिनपछि आज दिउँसो आधिकारिक धारणा सार्वजनिक गरेेकाे छ । विद्यालयका प्रधानाध्यापक बसन्तप्रसाद भण्डारीद्वारा एक विज्ञप्ति जारी गर्दै अनाहकमा विद्यालयलाई विवादमा तानिने विषय आपत्तिजनक भएको बताएका छन् । यद्यपि विद्यालयको आधिकारिक निर्णय र खरिद आदेश विपरित किन श्रीरामले सामान माग गरे र सप्लायर्सले किन सामान दियो भन्ने गम्भीर प्रश्न रहेको । सो घटनाको विषयमा विद्यालय परिवारले आधिकारिक धारणा सार्वजनिक गर्दै विद्यालयको नाम दुपयोगबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भुक्तानी प्रकरण र लेनदेनमा विद्यालयको कुनै सरोकार नरहेको स्पष्ट पारेको छ ।

तर विभिन्न स्रोतहरूले भने यो घटनालाई सामान्य “मिसअन्डरस्ट्यान्डिङ” भन्दा गम्भीर अनियमितता भएको विषय उजागर गरेको छ । हामीले प्राप्त गरेको प्रमाण अनुसार विद्यालयको नाममा श्रीराम भण्डारी आफैं नितेश अर्डर एण्ड सप्लायर्समा पुगेर विभिन्न मितिमा पटक–पटक बिल काटी सामग्री लिइएको र ती सामग्री विद्यालयमा प्रयोग नभई व्यक्तिगत रुपमा प्रयोग गरेको स्पष्ट छ । विशेषगरी कार्तिक महिनामा मात्रै विद्यालयको नाममा सात वटा बिलमार्फत सामग्री उठाइएको र तीमध्ये कुनैपनि सामग्री विद्यालयमा नगएको विद्यालयले स्पष्ट पारेको छ ।

             विद्यालयले जारी गरेको विज्ञप्ति 

यसैगरी सम्बन्धित प्रकरणमा बिलिङ प्रक्रिया, भुक्तानी ढिलाइ, र संस्थागत निर्णय प्रक्रियाबारे पनि प्रश्न उठेको छ । पत्रकार महासंघको अध्यक्ष जस्तो एक जिम्मेवार पदमा बसेको व्यक्तिले संस्थागत लेटरहेड वा औपचारिक माध्यम प्रयोग नगरी सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिनु पनि उपयुक्त नभएको आलोचकहरूले टिप्पणी गरेका छन् ।

अर्कोतर्फ, भण्डारी नेपाल पत्रकार महासंघ, प्युठान शाखाका अध्यक्षसमेत भएकाले पत्रकारिताको आचारसंहिता र संस्थागत उत्तरदायित्वको विषय पनि बहसमा आएको छ । कैयौंले उनको पेशागत भूमिका र सार्वजनिक पदबीचको नैतिक सन्तुलनबारे प्रश्न उठाएका छन् । यो गम्भीर घटनामा जोडिएका निज श्रीराम भण्डारीले दुबै पदबाट तत्काल राजीनामा दिनुपर्ने माग उठिरहेको छ ।

यस प्रकरणबारे गाउँ शिक्षा समिति, विद्यालय प्रशासन तथा स्थानीय तहका सरोकारवालाहरूले औपचारिक छानबिन गर्नुपर्ने माग उठाइरहेका भएपनि शक्तिको आडमा त्यसो हुन सकिरहेको छैन । विव्यसको अध्यक्षले कुनै आयोजना नै नपरेको विद्यालयमा म नै उपभोक्ता समितिको अध्यक्ष हुँ, मैले मागेबमोजिमको सामान खुरुखुरु दिनुस् भनेर घरमा लैजानुले उनको पदीय जिम्मेवारी र कानुनी कारबाहीको प्रक्रियाको विषयसमेत अगाडि आएको छ ।

हामीले प्राणमञ्च डटकम तथा युट्युबबाट सो घटनाको सम्पूर्ण प्रमाणसहित सोमबार यो विषयमा विस्तृत समाचार तथा बहस सामग्रीहरू प्रकाशन गरिसकेका छौँ ।
उनले लेखेको स्पष्टीकरणमा संस्थागत धारणाको समस्या, पटकपटक लिएको सामान लिएको र फिर्ता गरेको, कुनै आयोजना नै नपरेको अण्डमा उपभोक्ता समितिको अध्यक्ष नै किन भनेको, हामीले सबै पक्ष र स्वयम् बदमासीमा जोडिएका श्रीराम भण्डारीको समेत आधिकारीक प्रतिक्रियासमेत लिएको भएपनि उनले लगाएको एकपक्षीयताको आरोप र अन्य घटनासँग उनको सलग्नता आदि विषयमा हामीले केही समयमै अझ विस्तृत सामाग्री तपाईंहरुमाझ पस्कने छौँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation