परिवर्तनमा कार्यान्वयन हुँदै निःशुल्क शिक्षा

बैशाख २, रोल्पा

नेपालीको संविधानमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिइनेछ भनी उल्लेख गरिएको छ । यद्यपि यसकाे देशभर कार्यान्वयन छैन ।सामुदायिक /सरकारी विद्यालयमा तथा निजी शिक्षण संस्थामा अंग्रेजी भाषा सिकाइको नाममा अभिभावकहरु चर्को शूल्क तिर्न बाध्य छन् । स्थानीय सरकारहरुले भने आफ्नो अनुकुलमा शिक्षालाई संविधानकाे मर्मबमाेजिम निःशुल्क प्रदान गर्ने प्रयत्न गरिरहेका छन् ।

नि:शुल्क शिक्षा अभियानमा राेल्पाकाे परिवर्तन गाउँपालिकाले पनि गति दिन थालेकाे छ । पालिकाले शैक्षिक सत्र २०८० देखि सम्पूर्ण  सामुदायिक विद्यालयको विद्यार्थी भर्ना नि:शुल्क बनाउने भएको छ।

गाउँपालिकाको १६ औं गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिका भित्र सञ्चालित भइरहेको सबै सामुदायिक विद्यालयहरुले आउँदो शैक्षिक सत्र २०८० देखि विद्यार्थी भर्ना कार्यक्रम निशुल्क बनाउने भएको हो।

पालिका भित्र रहेका बाल विकाश देखि कक्षा १० सम्मको विद्यार्थी भर्ना नि:शुल्क गराउन आग्रह गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक घर्ती मगरले बताए ।

परिवर्तन गाउँपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयलाई नेपालको संविधानले व्यवस्था गरेको नि:शुल्क शिक्षा कार्यान्वयन गर्न उक्त निर्णय गरिएकाे र साे निर्णयले पालिकाकाे शैक्षिक जगत थप विकास हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष सुक बहादुर बुढामगरले बताए ।

परिवर्तन गाउँपालिकामा सामुदायिक विद्यालयको संख्या ४३ रहेको छ भने १२ माध्यमिक विद्यालय मध्य ४ वटा माविमा १२ कक्षासम्म पठनपाठन भइरहेकाे र उच्च शिक्षाको लागि पनि पालिकाकाे शैक्षिक नीतिमा क्याम्पस स्थापना गर्ने राखिएको र यथासक्य छिटाे साे काे कार्यान्वयन गरिने शिक्षा शाखा प्रमुख बालाराम वलीले प्राणमञ्चसँगकाे कुराकानीमा बताए । तीनवटा संस्थागत विद्यालय गरी गाउँपालिका भित्र जम्मा ४६ वटा विद्यालयहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation