महिला सामुदायिक सेवा केन्द्र सम्मानित

दाङ, २९ साउन
नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ सम्मानित भएको छ । स्वावलम्बन विकास केन्द्र काठमाडौँले आफ्नो ३२ औँ बार्षिकोत्सवको अवसरमा नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई सम्मान गरेको हो । संस्थाले विभिन्न माध्यमबाट समाज रुपान्तरण र सामाजिक तथा आर्थिक विकासकालागी उत्कृष्ट कार्य गरेको भन्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई सम्मान गरेको हो ।

आफ्ना सदस्यहरुले उत्पादन गरेको वस्तुहरुको बजारिकणकालागी हरियो बजार स्थापना गरि देशकै नमूना कार्य गरेकाले स्वावलम्बन विकास केन्द्रले बार्षिकउत्सवको अवसरमा काठमाडौँमा आयोजित एक भव्य कार्यक्रममा महिला सामुदायिकलाई सम्मान गरेको हो । स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठको अध्यक्षता एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गरिएको सम्मान नेपाल महिला सामुदायिक सेवा केन्द्रका सह–सचिव गीता योगी र कार्यक्रम अधिकृत आर.के.शीतलले ग्रहण गर्नुभएको थियो । त्यस अवसरमा देशभरका उत्कृष्ट ५ वटा गैरसरकारी संस्थाहरुलाई सम्मान गरिएको थियो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले किसान सदस्यहरुले उत्पादन गरेको सामाग्रीहरु बजारिकणकालागी घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा हरियो बजार (न्च्भ्भ्ल् क्ज्इए) सञ्चालन गरेको छ । हरियो बजारमा दुध सागर डेरी पनि सञ्चालनमा गरिएको छ ।

हरियो बजारमा स्थानिय कृषकहरुले उत्पादन गरेको कृषीजन्य उत्पादनहरु दाङको पहिचान तोरीको तेल, विभिन्न जातका स्थानीय चामल, गेडागुडी, दाल, मसला, बेसार, अदुवा, भांगो, टिमुर, तील, सिन्कामारी, सिन्की, सुकाको साग, पाते पाप्रो, मस्यौरा लगायत अन्य घरायसी उपभोगकालागी आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु विक्री गर्ने गरिएको छ । यस्तै स्थानीय किसानहरुले उत्पादन गरेको दुधलाई नेपाल सरकारको मापदण्डमा रही प्रशोधन गरिएको प्याकेजीङ दुध, दही, पनिर, खुवा, घ्यू, बटर, पेडा, रसबरी, बेकरी आईटमहरु पाउरोटी, डोनट, ब्रेड, पेस्टीज उत्पादन एवं विक्री गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation