तेल मिलमा अगलागी हुुँदा २ करोड बढीको क्षति

दाङ : तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा गएराति आगलागी भएको छ।

 

तेल मिलमा आगलागी भएको झण्डै एक घण्टापछि साढे २ बजेतिर मात्र थाहा पाएको हिमाल बस्नेतले बताए। खबर पाएलगत्तै स्थानीय, पानी  ट्यांकर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा शनिबार बिहान आगो नियन्त्रमा लिएको  इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

आगलागीबाट दुई करोड रुपैयाँभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी  रहेको प्रहरीको भनाइ छ। आगलागीको कारण अझै खुलेको छैन।

यो तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation