पहिरोले घर पुरिँदा एकै घरका ६ जना बेपत्ता

पहिरोले घर पुरिँदा ६ जना वेपत्ता!

माण्डवी -४ (साविकको उदयपुरकोट गाविस)
फरिगङेमा पहिरोले घर पुरिँदा स्थानीय भीम बहादुर राहुमगरको ६ जना परिवार बेपत्ता भएका छन् । अहिले घटना स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासीले पहिरो पन्छाउने तयारी गरिरहेको अध्यक्ष राेषन अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएकाे जानकारी अनुसार पहिरोमा परि बेपत्ता हुनेमा ६० वर्षका बोम बहादुर राहु, ५५ वर्षीय उनकी श्रीमती, ६० वर्षीय हिरा बहादुर थापा, वर्ष २१ कि टेकि राहुमगर, १८ वर्षकी मौसमी थापा र ४ वर्षीय सिसन बुढामगर रहेका छन् । उनिहरुको खोजी भैरहेको छ । उद्दार एवम् खाेजि कार्यका लागि सुरक्षा टाेली, स्थानीय र जनप्रतिनिधिहरु घटनास्थल पुगिसकेकाे छ । घटनाको थप विवरण अाउन केही समय लाग्ने पनि जिल्ला प्रहरी कार्यालय प्यूठानकोले जानकारी दिएकाे छ । । उद्दार एवम् खाेजि कार्यका लागि सुरक्षा टाेली, स्थानीय र जनप्रतिनिधिहरु घटनास्थल पुगिसकेकाे छ । घटनाको थप विवरण अाउन केही समय लाग्ने पनि जिल्ला प्रहरी कार्यालय प्यूठानकोले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation