माया लुहारका हत्या आराेपी सार्वजनिक

माया लुहारको हत्या आरोपीतलाई बैतडी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरेर पञ्चेश्वर गाउँपालीका ४ फ्याउलेकी मायाको हत्याका आरोपित भरतराम कोलीलाई सार्वजनिक गरेको हो ।

कोलीलाई प्रहरीले आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको थियो । पक्राउ परेका कोलीलाई राति बैतडी पुर्‍याएर सोमबार सार्वजनिक गरेको हो । मायाको हत्यापछि उनी फरार रहेका थिए । उनीमाथि जिल्ला अदालत बैतडीबाट १० दिन म्याद थपेर घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रेम शाहीले बताए।
कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ। मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो। प्रहरी स्रोतका अनुसार अहिलेसम्म मायाको हत्या घटनामा कोलीको संमलग्ता रहेको देखिएको छ । मायासँगै रहेकी अर्की किशोरी नेहालाई घाँटी रेटेर घाइते बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation