स्कुटर दुर्घटनामा एक महिला गम्भीर घाइते

रुकुम पूर्वमा स्कुटर दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छिन् ।
जिल्लाकाे सिस्ने गाउँपालिका ६ पाछागाउँमा दिउसाे साढे बाह्र (१२:३०) भएको साे दुर्घटनामा परि सिस्ने गाउँपालिका ६ कि ३० वर्षीया अर्चना वली गम्भीर घाइते भएको र निजकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी प्रहरी निरीक्षक कृष्ण बहादुर खत्रीले जानकारी दिएका छन्

बा.६० प. ७३७१ नम्बरको स्कुटर सडकबाट करिब १०० मिटर तल खस्दा उनी गम्भीर घाइते हुन पुगेकी हुन् । घाइतेकाे गुप्तांग र दायाँ खुट्टामा धेरै चाेट लागेको अस्पताल स्राेतले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation