नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक पक्राउ

नेपाली नागरिकता लिएको आरोपमा ठूलो संख्यामा भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

आइतबार दिउँसो १ बजे पत्रकार सम्मलेन गरेर घटनाबारे विस्तृत विवरण जानकारी दिने प्रहरीले जनाएको छ।

यसअघि पनि झुटा विवरणसहित नक्कली बाबु बनेर तिब्तिती शरणार्थीलाई नागरिकता दिएको आरोपमा कर्मचारीसहितका व्यक्तिलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। अहिले फेरि सोही प्रकृतिको घटनामा संलग्न भएको आरोपमा ठूलो संख्यामा मान्छेहरु पक्राउ गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation